२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

सुनको मूल्यमा सामान्य बढ्यो, आज तोलाको कति ?



काठमाडौँ । स्थानीय बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ।

अघिल्लो दिन प्रतितोला चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला छ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

आज चाँदी प्रतितोला १९ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ११ : २५ बजे