काठमाडौं । स्थानीय बजारमा गत दुई दिन भारी मुल्य बढेको सुनचाँदीको मूल्य आज भने भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला चार हजार रुपैयाँ घटेर कारोबार भएको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार हालसम्मकै उच्च मूल्य एक लाख ४५ हजार रुपैयाँमा छापावाल सुन कारोबार भएको थियो ।
यस दिन तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ७५ रुपैयाँ घटेर एक हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।