काठमाडौं । असार महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । शुक्रबार सार्वजनिक गरेको ब्याजदरअनुसार सञ्चालित २० वाणिज्य बैंकमध्ये ६ वाणिज्य बैंकले मुद्दती निक्षेपमा दिने ब्याजदर स्थिर राखेका छन् । तर, चार वाणिज्य बैंकले भने ब्याजदर बढाएका छन् । १० वाणिज्य बैंकले भने ब्याजदर घटाएका छन् ।
असारका लागि २० वाणिज्य बैंकको औसत ब्याजदर ६.८७६ प्रतिशत छ । जेठमा यी वाणिज्य बैंकको औसत ब्याजदर ६.९७३ प्रतिशत थियो ।
ब्याजदर बढाउनेमा हिमालयन, सिद्धार्थ, नबिल र माछापुच्छ्रे बैंक छन् । जेठ महिनाको तुलनामा असारका लागि हिमलयन बैंकले ०।७५ प्रतिशत विन्दुले ब्याज बढाएको छ भने सिद्धार्थ बैंकले ०.५० प्रतिशत विन्दु र नबिल र माछापुच्छ्रे बैंकले ०.२५ प्रतिशत बिन्दुले ब्याजदर बढाएका छन् ।
हेर्नुहोस्, कुन बैंकको ब्याजदर कति ?






