८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

काठमाडौंको नगरसभा स्थगित



काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभाको १५औँ अधिवेशनको दोस्रो बैठक स्थगित भएको छ ।

नेकपा (एमाले) र नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले आइतबार नगरसभा बैठक सुरु भएपछि बहिष्कार गरेका थिए । सोही कारण नगरसभा यही असार १० गतेसम्मका निम्ति स्थगित गरिएको हो ।

बैठक सुरु हुनासाथ महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले आर्थिक वर्ष २०८१र८२ का लागि जेठ ३२ गते प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यलाई पाँच मिनेटभित्र नाम टिपाउन समय दिएका थिए । त्यसपछि केही जनप्रतिनिधिले बैठक बहिष्कार गरे । लगत्तै मेयर बालेनले नगरसभा बैठक स्थगित गरे ।

बैठक स्थगित गरेपछि उनले एमाले र कांग्रेसको धङधङी बोकेर नगरसभामा नआउन चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  २ : ३७ बजे