७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

गृहमन्त्रीलाई सांसद केसीको चेतावनी: प्रहरीभित्रको चेन अफ कमान्डलाई लाचार छायाँ बनाउने काम नगर्नू



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीमा जथाभावी सरुवा आतंक फैल्याएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् । सांसद केसीले प्रहरी ऐनविपरीत जथाभावी सरुवा किन गर्नुपर्‍यो ? भनि गृहमन्त्री लामिछानेलाई प्रश्न पनि गरे ।

गृह मन्त्रालयको सय दिनमा गृहमन्त्री लामिछानेले सुरक्षा अंगहरूको चेन अफ कमान्ड नै ब्रेक गर्ने र सुरक्षा निकाय प्रमुखलाई निरीह बनाउने काम गरेको भन्दै आक्रोश व्यक्त गरे । गृहमन्त्रीले सय दिनमा १७ पटक प्रहरी र ६६ जना सीडीओहरूलाई परिवर्तन गरेर सरुवा आतंक फैलाएको उनको आरोप थियो ।

सांसद केसीले प्रहरीभित्रको चेन अफ कमान्डलाई आफ्नो लाचार छायाँ बनाउने काम नगर्न पनि गृहमन्त्री लामिछानेलाई सचेत गराए ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ३ : २६ बजे