काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा अन्तरघातको कारण प्रत्यक्ष निर्वाचनमा महिलाले पराजित हने स्थिती बनेको दाबी गरेका छन् । महिला संघले गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले निर्वाचनमा टिकट पाएका महिलाहरु हार्ने बिगत रहेको भन्दै अन्तरघातको अन्यले निर्वाचन जित्ने स्थिति बन्ने दाबी गरे । उनले भने, “अरु पार्टीमा महिला निर्वाचनमा जित्छन, हाम्रो हारिहाल्छन् , समस्या छ । ” पार्टी एक ढिक्का भए त्यसमा पनि अघि बढ्ने बिश्वास छ । त्यस्तै उनले मुलुकमा भएको समावेशी समानुपातिक व्यवस्थाले महिलालाई राज्यका हरेक क्षेत्रमा स्थान दिएको र उक्त व्यवस्थाले आगामी दिनमा अझ प्रभाकारी भूमिका निर्वाह हुँदै जाने अपेक्षा गरे । संसारमा महिला अधिकार र समावेशी समानुपाति व्यवस्थाका विषयमा आवाज उठिरहेको भन्दै उनले नेपालमा यसको उपलब्धिकारुपमा राष्ट्रपति पदमा महिला सहभागी भइसकेको उल्लेख गरे ।
भोलिका दिनमा यस्तै महत्वपूर् जिम्मेवारीमा महिला आउन सक्ने बताउँदै सभापति देउवाले त्यसका लागि तयारी गरेर आफूलाई योग्य र सक्षम बनाउन सबै महिलालाई आग्रह गरे ।कार्यक्रममा कांग्रेस वरिष्ठ नेता डा शेखर कोइरालाले महिलाले राजनीतिक सशक्तिकरणका साथै आर्थिक र सामाजिक सशक्तिकरण पनि आफूलाई सक्षम बनाउँदै लैजानुपर्ने बताए । उनले विद्यमान आरक्षणको प्रतिशत वृद्धिको मागसँगै त्यसका लागि आफू सक्षम हुनुपर्नेमा जोड दिए ।
नेता कोइरालाले संविधान संशोधन गरेर भए पनि आगामी दिनमा प्रत्यक्ष निर्वाचनमा महिलाले मात्र प्रतिस्पर्धा गर्नेगरी सिट निर्धारणको व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरे ।

महामन्त्री विश्वप्रकाश शर्माले समाजमा देखिएका महिला हिंसा र द्वन्द्व न्यूनीकरणका लागि महिला संघले नेतृत्वदायी भूमिकाका साथ अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिए । उनले महिला संघसँग राजनीतिक संघर्षको लामो इतिहास भएको उल्लेख गर्दै समाजमा शान्ति कायम गर्न, थिति स्थापित गर्न संघ लाग्नुपर्ने धारणा राखे ।





