८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

आयुर्वेद तथा बैकल्पिक चिकित्सालय काठमाडौको आयोजनामा आज प्रज्ञा–प्रतिष्ठानमाऔषधिजन्य जडीबुटी मेला



काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा जडीबुटीलाई औषधिजन्य पदार्थको प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले आज ‘औषधिजन्य जडीबुटी मेला’ आयोजना गरिएको छ ।
आयुर्वेद तथा बैकल्पिक चिकित्सालयका काठमाडौको आयोजनामा नेपालको हिमाल, पहाड र तराईमा उब्जेका बहुमूल्य जडीबुटी प्रदर्शनी, आयुर्वेद तथा हाम्रा परम्परामा रहेका विभिन्न जडीबुटीबाट मिश्रित पथ्य आहार एवं खानपानको बारेमा जानकारी दिइनेछ । आयुर्वेद तथा बैकल्पिक चिकित्सालयका काठमाडौका प्रमुख डा‍‍. पुनम नेपालका अनुसार मेलामा जडीबुटीको पहिचान र उपयोगसम्बन्धी जानकारी, रैथाने एवम् लोपोन्मुख बहुमूल्य जडीबुटीको जानकारी, स्वास्थ्य प्रवद्र्धन तथा उपचारका लागि स्थानीय जडीबुटी पहिचान, उपयोग र उत्पादनको जानकारी दिइने बताएको छ । यसैगरी, प्राविधिक सत्रमा सम्बन्धित विषयविज्ञहरुद्वारा औषधिजन्य जडीबुटी र पोषण, जलवायु परिवर्तन, पर्यावरणीय स्वास्थ्य, जडीबुटीहरुको दिगो संरक्षणसम्बन्धी वैज्ञानिक सत्रहरु पनि राखिएको छ ।


मेलामा औषधिजन्य जडीबुटीको व्यावसायिकखेती, वैज्ञानिक पद्धतिबाट सङ्कलन, दिगो संरक्षणमा प्रयास एवम् किसानबाट उत्पादनकर्तासम्स्थिति, सम्भाव्यता र चुनौतीका बारेमा पनि छलफल हुनेछ । मेलाबाट औषधिको प्रयोग भए पनि लोपोन्मुख रहेका जडीबुटीको संरक्षण गर्न सहयोग पुग्ने बिश्वास गरेको छ । आर्युेवेद तथा बैकल्पिक चिकित्सालय काठमाडौले आयुर्वेद औषधि तथा उपचार पद्धतिको संरषणलाई तिब्रता दिएको छ । त्यसैगरी सेवा प्रचारलाई समेत तीब्रता दिएको छ ।
आयुर्वेद तथा बैकल्पिक चिकित्सालयका काठमाडौले प्रबर्धानत्मक, प्रतिकारात्मक, निदानात्मक र उपचारात्मक सेवाहरु प्रदान गर्दै आएको छ। प्रबर्धानत्मक सेवामा ज्येष्ठ नागरिकको लागि स्वास्थ्य परिक्षण, परामर्श तथा योग माध्यामबाट स्वास्थ्य संरक्षण तथा प्रबर्धन गरिनुका साथै परामर्श सेवा दिइने गरिएको छ । स्तनपान गराइरहेका आमालाई मातृशिशु सुरक्षाका लागि दुग्धबर्धक जडीबुडीजन्य औषधि निशल्क रुपमा वितरण गर्ने गरिएको छ । ६ महिना सम्मका सुत्केरी आमालाई मातृशिशु स्वास्थ्य , स्तनपानको महत्व, आमा र बच्चाको स्वस्थय सुधार गर्न उपयोगी स्वास्थय परामर्श दिने गरिएको छ । त्यस्तै गर्भाअवस्थाका महिलाहरुको लागी छुट्टै योग सेवा पनि प्रदान गर्दै आइरहेको छ । प्रतिकारात्मक सेवामा जीवनशैली परामर्श र योग सेवा, प्रयोगशाला सेवा, ओपिढि, पञ्चकर्म, पूर्वकर्म, योग, अकुपञ्चर र फिजियोथेरापी सेवाका प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  १२ : ३१ बजे