८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

दातृ निकायको सहयोग लिनुनपर्ने गरी स्वास्थ्य मन्त्रालय चलाउँने मन्त्री यादवको दाबी



काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले कुनैपनि दातृ निकायको सहयोग लिनुनपर्ने गरी स्वास्थ्य मन्त्रालयलाई आत्मनिर्भर बनाउने बताएका छन् । उनलेबुधबार लागूऔषध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले विदेशी दिन्छन् र काम गर्छु भन्ने आशमा स्वास्थ्य मन्त्रालय नबस्ने भन्दै मन्त्रालयलाई आफूले आजैबाट आत्मनिर्भर बन्ने कार्यविधि बनाउन निर्देशन दिने बताए ।
मन्त्री यादवले एन्जिओ, आइएन्जिओको सहयोग नेपालमा रहेको र सरकारले स्वागत पनि गरिरहेको भन्दै नेपाल सरकारले केही गरेन भन्ने जस्ता अभिव्यक्ति नदिन चेतावनी दिए ।
मन्त्री यादवले लागूऔषध दुर्व्यसनीबाट आफ्ना नागरिकलाई बचाउन सरकार एकवद्ध भएर लाग्ने बताए ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  १ : ४६ बजे