९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

रास्वपाका मन्त्रीहरुले तत्काल राजीनामा नदिने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा दिन बालुवाटार पुगेपनि राजीनामा नदिई फर्किएका छन ।

प्रधानमन्त्री दाहालसँगको छलफलपछि राजीनामा नदिई फर्किएका हुन्।

प्रधानमन्त्री दाहालले आफूले संसदबाट विश्वासको मत लिने बताउँदै त्यसका लागि सहयोग गर्न आग्रह गरेका थिए। सोही आग्रहमा उनीहरुले राजीनामा नदिइ फर्किएको प्रमुख सचेतक सन्तोष परियारले बताए ।

दाहाल नेतृत्वको सरकारमा रास्वपाका सभापति लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगारमन्त्री, सुमना श्रेष्ठ शिक्षामन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन्।

नेकपा एमालेको तर्फबाट प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरूले हिजै राजीनामा दिएका छन्। साथै, एमालेले आफ्नातर्फबाट सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ।

एमालेले सोमबार राति नेकपा माओवादी केन्द्रसँग गठबन्धन तोडी नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गरेको थियो ।।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  १२ : ०२ बजे