२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

नारायणीमा बाढी, सतर्कता अपनाउन आग्रह



चितवन । अघिल्लो दिनदेखि लगातार परेको अविरल वर्षाका कारण शनिबार बिहानदेखि नारायणी नदीमा निरन्तर बाढी बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जल मापन केन्द्र देवघाटले शनिबार बिहान ११ बजे दिएको जानकारीअनुसार १०ः ४० बजे गरिएको मापनमा पानीको सतह सात मिटर ३९ सेन्टीमिटर पुगेको जनाएको छ । जवकी सात मिटर ३० सेन्टिमिटरभन्दा माथिको सतहलाई सचेत तहको रुपमा मानिन्छ । नौ मिटरभन्दा माथिलाई खतराको तह पार गरेको मानिन्छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जल मापन केन्द्रले दिएको उक्त जानकारीलाई आधार मान्दै नदी किनारका बस्तीका बासिन्दालाई सचेत रहन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  १२ : २६ बजे