८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

अब मापदण्ड नपुगेका एम्बुलेन्सको सञ्चालन अनुमति नवीकरण नहुने



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड नपुगेका एम्बुलेन्सको सञ्चालन अनुमति नवीकरण नगर्न जनाएको छ । मन्त्रालयले आज निर्देशन दिदैँ राष्ट्रिय एम्बुलेन्स सञ्चालन निर्देशिका २०७८ को दफा १५ को मापदण्डअनुसार मात्रै नवीकरण गराउन जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिहरूलाई निर्देशन दिएको हो ।

सो दफामा एम्बुलेन्सको प्रदूषण, साइरन, रंग, संकेत जानकारीमूलक सूचना लगायत १५ वटा मापदण्ड तोकिएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १२ : ५८ बजे