८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

विमान दुर्घटनाका शवको पोस्टमार्टम सुरु, रिपोर्ट आउन तीन दिन लाग्ने



काठमाडौँ । सौर्य एयरको जहाज दुर्घटनाबाट मृत्यु भएका १८ जनाको शवको पोस्टमार्टम सुरु भएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागपोस्टमार्टम सुरु गरिसकेको छ । पोस्टमार्टमको लागि पाटन अस्पताल, भक्तपुर लगायत सबै ठाउँबाट फरेन्सिक विज्ञ बोलाइसकेको बिभागले जनाएको छ ।
सबै शवको पोस्टमार्टम गरेर रिपोर्ट तयार गरेर आफन्तलाई शव जिम्मा लगाउन तीन दिन समय लाग्न अस्पतालले जनाएको छ ।
बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन विमानस्थलबाट पोखरा जान लागेको सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको हो।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ५ : ११ बजे