२४ श्रावण २०८३, आइतबार | Mon Aug 10 2026

सडक भासिँदा पासाङल्हामु खण्डमा यातायात अवरुद्ध



रसुवा । अबिरल वर्षाका कारण पासाङल्हामु सडक खण्ड अन्तर्गत उत्तरगया गाँउपालिका( ५ बनुवा घुम्तीमा पहिरो गई सडक भाँसिन जाँदा यातायात सञ्चालनमा अवरोध पुगेको छ ।

पहिरोले सडकको आधा भाग पुरै झरेको र तल रहेको बस्तीलाई समेत जोखिम बन्न पुगेपछि माल बहाक सवारी साधन आवतजावतमा रोक लगाईएको रसुवाका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताए।

साँघुरो बाटो भएकाले एकातर्फी साना सवारी साधन सञ्चालन गरिए पनि ठूला मालबहाक सवारी साधनहरुका लागि भने वैकल्पिक बाटोको पहिचान गरी यात्रा गर्न हुन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारीले बताए ।

दुई बर्षअघि सोहि स्थानमा पहिरो जाँदा उत्तरगया गाउँपालिका–५ नौबिसेमा रहेका १७ घर र बनुवा घुम्तीमा रहेका ८ घर परिवामा क्षति पुगेको थियो भने लामो समय सडक अबरुद्घ भएको थियो ।

यसैबीच रसुवागढी नाका हुँदै जलबिद्युत आयोजनाका समाग्रीहरुसँगै अन्य निर्माण समाग्री सडकको क्षमता भन्दा बढी वजनका सामग्री आउन थालेपछि रसुवाको पासाङल्हामु मार्ग भाँसिन थालको हो ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  १० : २१ बजे