३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

बागमती प्रदेश सरकारले पूर्णता पायो



मकवानपुर । बागमती प्रदेश सरकारले आज पूर्णता पाएको छ। मुख्यमन्त्री बहादुर सिंह लामाले नेपाली काँग्रेसबाट थप चार जना मन्त्री नियुक्त गरेसँगै प्रदेश सरकारले पूर्ण आकार लिएको हो।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले कांग्रेसका श्यामबहादुर खड्का, हरि प्रभा खड्गी, मीनकृष्ण महर्जन, सुरजचन्द्र लामिछाने र विमल ठकुरीलाई सपथ गराएका छन् । उनीहरूले क्रमशः खानेपानी, ऊर्जा तथा सिँचाई, सामाजिक विकास, युवा तथा खेलकुद, आन्तरिक मामिला तथा कानुन र पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यससँगै बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या १३ र मन्त्रीको सङ्ख्या १४ पुगेको छ। मुख्यमन्त्रीसहित काँग्रेसबाट ८ र एमालेबाट ६ जना मन्त्री रहेका छन्।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  १२ : ३४ बजे