२ माघ २०८१, बुधबार | Thu Jan 16 2025

सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने सरकारको निर्णय, १ महिना कार्यकाल



काठमाडौं – सरकारले नेपाली सेनाका बलाध्यक्ष रथी अशोक सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले सिग्देलाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । प्रधानसेनापति प्रभुराम शर्माले भदौ २४ गते अवकास पाउँदै छन् ।
परम्पराअनुसार शर्मा अवकास पाउनु भन्दा एक महिना अगाडि साउन २४ गतेदेखि विदामा बस्ने भएपछि सरकारले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको हो ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ३ : १२ बजे