काठमाडौं । बुधबार स्थानीय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले घटेको हो ।
छापावाल सुन बुधबार प्रतितोला एक लाख ४६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ७१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।