१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी



काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे सुरू हुने कांग्रेसले जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबारदेखि सुरू भएको बैठकमा ११ वटा एजेन्डा छलफलका लागि पेस भएको छ।

बुधबार दिउँसो बसेको बैठकमा महासमितिले पारित गरेका विभिन्न प्रस्ताव सुझावसहित अनुमोदन गर्नेदेखि भदौ महिनामा संगठन सुदृढीकरण अभियान चलाउनेजस्ता प्रस्ताव रहेको छ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  १० : ४३ बजे