काठमाडौं । शुक्रबार स्थानीय बजारमा सुनको मूल्य ९०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।