९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध



जुम्ला । अविरल वर्षासँगै पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ ।

सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए । पहिरो पन्छाउने काम भइरहेको उनले बताए ।

वर्षासँगै कर्णाली राजमार्गअन्तर्गत कालीकोटखण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ ।

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  १० : २९ बजे