८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

वायु प्रदूषणले किन हुन्छन् महिला,बालबालिका र सीमान्तकृत समूह बढी प्रभावित ?



काठमाडौँ । हरेक किसिमको बिपद्, महामारी, दुर्घटनामा, अथवा अन्य कुनै किसिमको संकटमा महिला, बालबालिका, ज्येष्ठ नागरिक र सीमान्तकृत वर्गका व्यक्तिहरु बढी प्रभावित हुने गरेका छन् । यी वर्गहरु नेपाल मात्र होइन बिश्वमै जोखिम वर्ग भित्र पर्ने गरेका छन् । अझ बढी अविकसित देशहरुमा र अल्पविकसित देशहरु त महिला, बालबालिका, ज्येष्ठ नागरिक र सीमान्तकृत वर्गहरु निर्वाध ज्युन पाउने अधिकारसँग बन्चित हुने समेत गरेका छन् । नेपालमा पनि वायु प्रदूषणले बालबालिका र सीमान्तकृत समूह बढी प्रभावित हुने गरेको बिभिन्न तथ्यहरुले देखाएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा सरोकारवाला निकायमा प्रतिनिधि र विज्ञहरुले वायु प्रदूषण र जलबायु परिवर्तनले बालबालिका र सीमान्तकृत समूहमा धेरै असर पर्ने गरेको बताएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्याकंका अनुसार नेपालमा प्रदूषणको कारण प्रतिवर्ष ४८ हजार पाँच सय जनाको मृत्यु हुन्छ अर्थात दैनिक १ सय ३० जना मानिसको मृत्यु हुने गरेको छ । काठमाडौँमा मात्र बार्षिक ५ हजार मानिसले प्रदुषणका कारण ज्यान गुमाउने गरेको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याकं छ । वायु प्रदूषणले मुटुजन्य रोग, फोक्सो सम्बन्धी रोग लागेर मानिसको अल्पआयुमै मृत्यु भइरहेको छ। इन्धनजन्य गाडी, कलकारखाना, डढेलो, निर्माण कार्य, इट्टाभट्टा जस्ता ठाउँबाट वायु प्रदूषण हुने गरेको छ। यी चिजहरुको व्यवस्थापन गरेमा वायु प्रदूषण कम गर्न सकिने विज्ञहरूले सुझाएका छन्।
त्रिपल मिडियाको आयोजनामा वायु प्रदुषणले बालबालिका, महिला तथा सिमान्तकृत समुदायमा पार्ने असरबारेको अन्तर्कृया कार्यक्रम बिषयपत्र प्रस्तुतकर्ताहरुले, बिज्ञहरुले वायु प्रदुषण र जलवायु परिवर्तनको असरले मानिसमा ठुलो स्वास्थ्य संकट आउन सक्ने भन्दै चिन्ता ब्यक्त गरेका छन् ।
यस्ता छन् कार्यक्रममा प्रस्तुत गरिएका ७ वटा कार्यपत्रका प्रस्तुतकर्ताहरुले उठाएका बिषयहरु
कार्यक्रममा वातावरण विद् भूषण तुलाधरले वायु प्रदूषणले नेपालका बालबालिका, महिला र सीमान्तकृत समुदायमा परेको असर सम्वन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । उनले वायु प्रदुषणले नेपालमा स्वास्थ्य संकट ल्याउन सक्ने अवस्था रहेको भन्दै संबेदनशिल हुन आग्रह गरे । जलवायु परिवर्तनलाई संसारको सबैभन्दा ठूलो वातावरणाीय समस्याका रुपमा विश्व स्वास्थ्य संगठनले लिइसकेको उनको भनाई छ । काठमाडौ विश्वकै प्रदुषित शहरमध्येमा बताउँदै उनले वार्षिक ४८ हजार तथा दैनिक १३० मानिसहरुको नेपालमा वायु प्रदुषणका कारण मृत्यु हुने गरेको हुने गरेको बताए। वायु प्रदुषणका कारण फोक्सोको दीर्घकालीन रोग ६६ प्रतिशत,३४ प्रतिशत मुटु रोग तथा ३७ प्रतिशत मुटु रोग बढेको छ’, उनले भने। नेपालमा ५१ प्रतिशतले इन्धनका रुपमा दाउरा तथा ३ प्रतिशले गुइठाँको प्रयोग गर्दै आइरहेकोमा सुँधारिएको चुलो प्रयोग गर्न सके ६२ प्रतिशत वायु प्रदुषण घटाउन सकिने उनको तर्क थियो।

वातावरण विद् भूषण तुलाधर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा.समिर अधिकारीले जलवायु परिवर्तनले मानव समाजमा पार्ने असर र नियन्त्रणमा गरिएका सरकारी पहलका बारेमा प्रस्तुतिकरण दिएका थिए । असर न्युनीकरण मन्त्रालयले बिभिन्न कार्यक्रम आयोजना गरीरहेका र बिभिन्न सरोकार निकायहरुसँग सहकार्य गरी काम गरिरहेको बताएका थिए । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वायु प्रदूषण र जलवायु परिवर्तनले पारेको असरको बारेमा विभिन्न विभिन्न समयमा नीति तथा योजना बनाए पनि पूर्ण लागू हुन नसकेको बताए।

डा.समिर अधिकारी

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख वरिष्ठ अनुसन्धान अधिकारी मेघनाथ धिमालले जलवायु परिवर्तन र वायु प्रदूषण इस्यूलाई किन एकसाथ सम्बोधन गर्नुपर्छ ? भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले नेपालमा वायु प्रदूषण र जलवायु परिवर्तनको असर बढी मात्रामा महिला र सीमान्तकृत समुदाय नै परेकोले यी दुवै क्षेत्रमा सरोकारवालाले सहकार्य गरेर जानु पर्ने बताए। जलवायु परिवर्तनको असरले कीटजन्य रोगको वृद्धि भएको, उत्पादनमा असर परेर किसान विस्थापित हुनु परेको औँल्याए। प्रदूषणको कारण सामाजिक न्यायको मुद्दा पनि उत्तिकै दरिलो भएको छ’उनले भने। प्रदूषण सामाजिक न्यायको मुद्दा पनि बनेको उनले बताए। ‘गाडी चलाउनेहरू भित्रै एसी चलाएर हिँड्छ,बाहिर हिँड्नेहरू मात्र प्रदूषणबाट प्रभावित हुन्छन्, उनीहरुलाई सम्बोधन हुनु पर्छ’उनले भने।

डा.मेघनाथ धिमाल

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र स्वास्थ्य प्रवर्द्धन तथा धुम्रपान नियमन प्रमुखले डा.भक्तबहादुर केसीले जलवायु कार्यमा मिडियाको योगदान अन्वेषण विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

डा.भक्तबहादुर केसी

आम मानिसलाई सचेत गराउने र बिषयहरु उजागर गर्ने बिशेष गरी स्टोरी टेलिङमा जोड दिनुपर्ने बताए । केसीले जलवायु परिवर्तनको असर हिमाली र पहाडी जिल्लमा बस्ने मानिस बढी प्रभावित भएको बताए। पहाड र हिमालको तापक्रम अधिकतम बढेपछि विभिन्न रोग र प्रकोप वृद्धि भई यो भेगमा बस्ने मानिस बढी प्रभावित भएको उनले बताए। हालै गएको पहिरो यसको उदाहरण रहेको उनले बताए। यस्तो स्टोरीलाई मिडियाले उठान गर्नुपर्नेमा जोड दिएका थिए ।

डा. जगतजीवन घिमिरे

कान्ति बाल अस्पतालका वरिष्ठ परामर्शदाता डा. जगतजीवन घिमिरेले वायु प्रदूषण र बालबालिकामा फोक्सोको स्वास्थ्यका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । प्रदुषणले बालबालिकाको शारिरिक स्वास्थ्य तथा मानसिक स्वास्थ्यका कसरी असर गर्छ, र कस्तो अवस्थामा त्यस्ता बालबालिका अस्पतालमा उपचार गर्न आउँछन् भन्ने बिषयमा प्रस्तुत भएको कार्यपत्रमा जसमा बालबालिकामा निमोनियाँ, आस्थामा जस्ता रोग बढेको बिषय उल्लेख थियो । लामो समय वायु प्रदूषणको सम्पर्कमा बालबालिकाको मस्तिष्कको राम्रो विकास नहुने, बाल क्यान्सर हुने गरेको उनले बताए। गर्भवती आमा वायु प्रदूषणको सम्पर्कमा रहेमा जन्मिने बच्चाको स्वास्थ्यमा गम्भीर असर पर्ने उनले बताए।
सेभ द चिड्रेनका क्लाइमेट चेन्ज एडभाइज पल्लव रेग्मीले प्रदूषणको कारण लाग्ने रोगको कारण महिलाहरूको गुणस्तरीय जीविकामा समेत नकारात्मक असर परेको पाइएको उनले बताए। उनले गरेको अध्ययनमा सप्तरी र काठमाडौँ वायु प्रदूषणको कारण महिलाहरूमा ३५ प्रतिशत महिलामा छालाजन्य संक्रमण भएको पाइएको थियो भने ७२ प्रतिशतमा श्वास–प्रश्वास सम्बन्धी समस्या भएको पाइएको बताए।


काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले हाल काठमाडौ महानगरले फोहोर मोहोरमा बदल्ने तथा धुँलोरहित काठमाडौं बनाउने योजना समेत अगाडि सारेको बताइन्। स्वच्छ काठमाडौं निर्माण गर्न वायु प्रदूषण नियन्त्रणमा जनचेतना जगाउने काम महानगरले गरिरहेको उनको भनाई थियो । उनले भनिन्, धूलो सहित काठमाडौं निर्माण गर्न जुटेका छौ राईले भनिन् स्वास्थ्य संस्थाको फोहर अनुगमन गरेको छौ । मापदण्ड अनुसार फोहरमैला व्यवस्थापन नगर्नेलाई पहिलो चरणमा सम्झाउने र अटेर गरे कारवाही गर्ने नियम बनाएका छौ, कुइने र नकुइने फोहरलाई फरक फरक गाडीमा हाल्ने र फरक प्रयोजन राख्ने प्रयास एकै पटक सफल हुने सकेन । केही वडाहरुबाट सुरु गरेको यो योजना अब हामी सबै वडामा लागु गर्छौ । त्यस्तै उनले फोहोरमैला व्यवस्थापन कै शिलशिलामा गत वर्ष महानगरले नेपालभरिका करिब ५० वटा अस्पतालहरुको अनुगमन गरेको बताइन्। जसमा अस्पतालहरुले मापदण्ड पुरा गरेर फोहोर मैला व्यवस्थापन गरेको छ वा छैन भन्ने परीक्षण गरेको थियो, अनुसन्धानले ६ अस्पतालहरुले मापदण्ड अनुसार फोहोरमैला व्यवस्थापन नगरेको पाइएको राईले बताइन्।

कामपा वातावरण विभाग प्रमुख सरिता राई

कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले वायु प्रदूषणको असर न्यूनिकरण र नियन्त्रणमा मन्त्रालय संवेदनशील रहेको बताएका थिए। जलवायु परिवर्तनबाट सिर्जित वायु प्रदूषण प्रेरित असर न्युनिकरण र नियन्त्रणका लागि मन्त्रालयले थप नीतिगत र संस्थागत सुधारका कामलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिवद्धतासमेत ब्यक्त गरे ।

वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरी

प्रकाशित मिति : १६ भदौ २०८१, आइतबार  १२ : ३७ बजे