पोखरा । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।
उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लघुबित्त,सहकारी, लगायत बित्तिय संस्थाहरुका ब्याजवृदि्ध लगायतका कि्रयाकलापहरुको विरोध गर्दै प्रसाइले अभियान चलाउँदै आएका छन् ।