९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

प्रदेश निजामती सेवा ऐन संशोधन विधेयक सर्वसम्मतले पारित



विराटनगर । कोशी प्रदेशसभाले ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित गरेको छ ।

प्रदेशसभाको आज बसेको बैठकले प्रदेशसभा नियमावली बमोजिम मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले पेश गर्नुभएको विधेयकलाई सभामुख अम्बरबहादुर विष्टले निर्णायार्थ प्रस्तुत गरेपछि सर्वसम्मतले पारित गरेको हो ।

प्रकाशित मिति : २० भदौ २०८१, बिहिबार  २ : २८ बजे