१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

नेकपा एसको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बुधबार बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । बैठकमा साङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिने बताइएको छ ।