काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०८४ सालको निर्वाचन एक्लै लड्ने बताएका छन् । आइतबार पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले चुनाव जित्ने योजनाका साथ पदाधिकारी बैठकमा छलफल भइरहको बताए । “पार्टीको पदाधिकारी बैठक चलिरहेको छ, बैठकमा ०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ । यस्तो महत्त्वपूर्ण…