१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

चार महिनापछि मैदानमा ब्रुइना



काठमाडौं । पेप ग्वार्डिओलाको टोली म्यानचेस्टर सिटी क्लब विश्वकपको तयारीमा यतिबेला साउदी अरबमा छ र सिटीको‌ लागि सबैभन्दा ठुलो राहत भनेको उसका प्रमुख खेलाडी प्लेमेकर केभिन डि ब्रुइना म्यानचेस्टर सिटीसँग प्रशिक्षणमा फर्किएका छन्।

बेल्जियमका अन्तर्राष्ट्रिय खेलाडी केभिन चार महिनाको चोटपछि मैदान फर्किने तयारीमा छन् ।

केभिन क्लब विश्वकप अघि साउदी अरेबियामा आफ्नो म्यान सिटी टोलीका साथीहरूसँग प्रशिक्षण गरिरहेको फोटोहरु सार्वजनिक भएसँगै सिटी समर्थकहरु उत्साहित बनेका छन्।

हाल विश्व फुटबलका सर्वोत्कृष्ट मिडफिल्डर अभ्यास सत्रमा मुस्कुराउँदै राम्रो मुडमा देखिए।

सिटीको‌ भर्खरैको निराशाजनक लयलाई ध्यानमा राख्दै आफ्नो स्टार प्लेमेकरले अब टिमको लयलाई फर्काएर ल्याउने आशा उनीबाट रहेको छ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ५ : ०३ बजे