१ असार २०८३, सोमबार | Tue Jun 16 2026

ग्लोबल आइएमई बैंकले ल्यायो नयाँ योजना, क्यूआर पेमेन्टमा १७ प्रतिशतसम्म छुट



काठमाडौं। ग्लोबल आइएमई बैंकले आफ्नो १७औं वार्षिकोत्सवका अवसरमा कार्ड तथा मोबाइल बैंकिङमार्फत गरिने कारोबारमा छुट योजना ल्याएको छ।

बैंकले १७ प्रतिशतसम्म छुट तथा १,००० रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको हो।

आफ्ना ग्राहकलाई यही पुस १६ गतेदेखि माघ १७ गतेसम्मका लागि बैंकको भिषा डेबिट र क्रेडिट कार्ड तथा एससीटी कार्डबाट योजना अवधिभर पीओएस मेसिनमार्फत गरिने १० वटाभन्दा बढी कारोबारमा २०,००० रुपैयाँभन्दा माथिको कारोबार रकममा १,००० रुपैयाँको क्यासब्याक उपलब्ध गराउने बैंकले जनाएको छ।

बैंकमा नयाँ खाता खोली ग्लोबल स्मार्ट प्लस प्रयोग गर्ने ग्राहकले एसएमएसमा प्राप्त प्रोमो कोड प्रयोग गरी पहिलो पटकको क्यूआर कारोबार तथा मोबाइल रिचार्जमा १७ प्रतिशत वा अधिकतम १७० रुपैयाँ सम्म छुट पाउनेछन्। यो क्यासब्याक योजना पुस १७ गतेदेखि २३ गतेसम्म लागू हुनेछ ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  १० : २७ बजे