१ असार २०८३, सोमबार | Tue Jun 16 2026

सुनचाँदीको मूल्य स्थिर, सुन तोलाको १ लाख १७ हजार ८ सय रुपैयाँ



काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा झिनो घटबढ भए पनि नेपालमा सोमबार सुनचाँदीको कारोबार अघिल्लो दिन कायम मूल्यमा स्थिर छ। सुन प्रति तोला १ लाख १७ हजार ८ सय छ भने चाँदी १४ सय ५५ रुपैयाँ छ।गत शुक्रबारका तुलनामा सुन तोलामा १ हजार ३ सय रुपैयाँ घटेर आइतबार कारोबार मूल्य निर्धारण भएको हो। शुक्रबार तोलाको १ लाख १९ हजार १ सय रुपैयाँ थियो भने त्यसअघि बिहीबार १ लाख १८ हजार ८ सय रुपैयाँ थियो।

चाँदी गत शुक्रबारका तुलनामा १५ रुपैयाँ घटेर आइतबार प्रति तोला १४ सय ५५ रुपैयाँ भएको हो। गत शुक्रबार तोलाको १४ सय ७० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रति औंस २०१९।७ डलरले कारोबार भएको सुन सोमबार सामान्य बढोत्तरीसँगै २०२१।७६ डलर छ। चाँदी पनि केही बढेको छ। प्रति औंस २३।८७ डलरबाट चाँदी २३।९१ डलरमा पुगेको छ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ६ : ३० बजे