चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका(४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा दुईतर्फी रूपमा सडक अवरुद्ध भएको छ । आज बिहान करिब १०स्०० बजे पहिरो खसेको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ । उहाँले भन्नुभयो, “थप पहिरो खसेन भने छिट्टै सडक दुईतर्फी सञ्चालनमा आउँछ ।” सडकमा पहिरो खसेपछि सवारीसाधन रोकिएका छन् ।





