काठमाडौँ, माघ ६ गते । नेपाल आयल निगमले उद्योगले सहुलियत मूल्यमा ग्यास नपाउने जनाएको छ ।
घरायसी र औद्योगिक प्रयोजनका लागि एउटै मूल्य कायम रहेकोमा दोहोरो मूल्य कायम गर्ने गरी अध्ययन गरिरहेको निगमले जनाएको छ ।
निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहले ठुुला र बढी ग्यास खपत गर्ने औद्योगिक क्षेत्रमा परल मूल्यमा ग्यासको बिव्रmी गर्ने गरी तयारी भइरहेको जानकारी दिए । घरायसी र व्यावसायिक प्रयोगका लागि हाल एउटै मूल्य कायम छ, उनले भने, “उपभोक्ताका लागि हालकै मूल्य र औद्योगिक प्रयोजनका लागि परल मूल्यमा विव्रmी गर्ने गरेका छौँ ।” दोहोरो मूल्य कायम गर्ने गरी अध्ययन गरिरहेकाले जतिसक्दो छिटो कार्यान्वयनमा ल्याइने बताए ।
निगमका अनुसार १० देखि १५ प्रतिशत ग्यास ठुुला औद्योगिक क्षेत्रमा खपत हुने अनुुमानसहित मासिक धेरै ग्यास खपत गर्ने होटेल रेस्टुुरेन्टमा खपत हुने ग्यासमा परल मूल्य कायम गर्ने तयारी गरिएको छ ।
निगमका अनुसार हाल घरायसी प्रयोजनका लागि प्रतिसिलिन्डर ग्यासको मूल्य एक हजार ८९५ रुपियाँ रहेको छ । हाल प्रतिसिलिन्डर ग्यासमा तीन सय रुपियाँ नोक्सान रहेको छ । ग्यासको लागत मूल्य दुुई हजार १९५ रुपियाँ रहेको छ । परल मूल्य लागुु भएपछि उद्योगलाई प्रतिसिलिन्डर ग्यास दुुई हजार १९५ रुपियाँ पर्ने छ । छिमेकी मुलुक भारतमा घरायसी र व्यावसायिक प्रयोजनका लागि ग्यासमा छुुट्टाछुुट्टै मूल्य निर्धारण गरेको छ । तर नेपालमा भने घरायसी प्रयोजनसँगै पाँचतारे होटेलदेखि सामान्य चिया पसलमा प्रयोग हुने ग्यासमा एउटै मूल्य कायम रहेको छ ।
ग्यास आयात तीन अर्बले घट्यो
भन्सार विभागको तथ्याङ्क अनुसार चालुु आवको पाँच महिनामा ९साउन–मङ्सिर० सम्म तीन अर्ब रुपियाँ बराबरको ग्यास आयातमा कमी आएको छ ।
विभागका अनुसार चालुु आवको पाँच महिनामा २० अर्ब ६५ करोड ५८ लाख ३० हजार रुपियाँ बराबरको ग्यास आयात भएको छ । गत वर्ष सो अवधिमा २३ अर्ब ७५ करोड ८६ लाख ३८ हजार रुपियाँ बराबरको ग्यास आयात भएको थियो । अघिल्लो वर्षको तुुलनामा तीन अर्ब १० करोड रुपियाँ बराबरको ग्यास आयातमा कमी भएको तथ्याङ्कले देखाएको छ । ग्यासको खपत घटेसँगै आयातमा कमी आएको हो । हाल बजारमा मासिक ४२ हजार मेट्रिक टन ग्यासको खपत हुने गर्छ । विगतका वर्षमा चिसो मौसममा ग्यासको खपत बढ्ने गरेको भए पनि यस वर्ष भने चिसो मौसम सुरु भए पनि बजारमा खाना पकाउने एलपी ग्यासको खपत भने बढ्न सकेको छैन ।
चालु आवको साउन महिनादेखि नै ग्यासको खपतमा गिरावट हुँदै आएको छ । निगमका अनुसार विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आवमा पाँच प्रतिशतले खपत घटेको छ । पछिल्लो समय विद्युतीय चुलो ९इन्डक्सन० को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको देखिन्छ । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले विगतका वर्षमा चिसोको समयमा ग्यासको खपत २० देखि २५ प्रतिशतसम्म बढ्ने गरेकोमा यस वर्ष आर्थिक सङ्कटका कारण खपत बढ्न नसकेको जानकारी दिनुुभयो ।
निगमका अनुसार आव २०७९÷८० मा ५३ अर्ब रुपियाँ बराबरको पाँच लाख १२ हजार मेट्रिक टन ग्यास आयात भएको थियो । आव २०७८÷७९ मा ६१ अर्ब रुपियाँ बराबरको पाँच लाख ३६ हजार ६९८ मेट्रिक टन ग्यास आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा आठ अर्ब रुपियाँ बराबरको ग्यास आयात कम भएको छ । मुलुकमा खपत ७० प्रतिशत परम्परागत दाउरा, गुइँठा, बायोग्यास, ३० प्रतिशत ग्यास कोइला र बिजुलीबाट हुन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार मुलुकभर ४४ प्रतिशत घरधुरीले ग्यासको प्रयोग गर्ने गरेका छन् ।