४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

सार्वजनिक निर्माणस्थलबाट बाहिरिँदा सवारीसाधन सफा गर्नुपर्ने



काठमाडौं । सार्वजनिक निर्माणमा प्रयोग भएका सवारीसाधन निर्माणस्थलबाट बाहिरिँदा सफा गरेर मात्र बाहिर निस्कनुपर्ने भएको छ ।

मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको ७४औं बैठकले यस्तो निर्णय गरेको हो ।

“निर्माणस्थलबाट बाहिरिने सवारीसाधनलाई धुलो तथा हिलो सफा गरेर मात्र बाहिर निस्कने व्यवस्था मिलाउने तथा निर्माण स्थल र वरपरका सडक तथा स्थानमा धुलो नियन्त्रणका लागि आवश्यकताअनुसार पानी छर्कने व्यवस्था गर्ने,” केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकको निर्णयमा भनिएको छ ।

सार्वजनिक निर्माण कार्यबाट उत्पन्न हुने धुलो तथा हिलो नियन्त्रणका लागि पूर्वाधार निर्माणसँग सम्बन्धित संघीय तथा प्रदेश मन्त्रालयहरू, सम्बन्धित निकाय तथा स्थानीय तहका कार्यालयले आ–आफ्नो कार्यक्षेत्रभित्र सञ्चालनमा रहेका निर्माण कार्यको नियमित सुपरिवेक्षण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  १ : ३५ बजे