८ पुस २०८१, सोमबार | Tue Dec 24 2024

नेपालको आयात निर्यातको व्यापार घट्यो,व्यापार घाटा ६ खर्ब ९३ अर्ब रुपैयाँ 



काठमाडौँ । चालू आर्थिक वर्षको छ महिनाको अवधिमा नेपालको आयात, निर्यात र व्यापार घटेको छ।

भन्सार विभागको ताजा तथ्यांकअनुसार आयात ३.०९ प्रतिशतले, निर्यात ७.२३ प्रतिशतले र वैदेशिक व्यापार ३.४७ प्रतिशतले घटेको देखाएको हो।

उक्त अवधिमा नेपालको व्यापारघाटा पनि २.६२ प्रतिशतले घटेको विभागले जनाएको छ।

तथ्यांकअनुसार छ महिनामा नेपालले ७ खर्ब ६८ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ। त्यस्तै ७४ अर्ब ९६ करोड रुपैयाँको निर्यात र वैदेशिक व्यापार ८ खर्ब ४३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। यसअनुसार व्यापार घाटा ६ खर्ब ९३ अर्ब रुपैयाँ छ।

योसँगै कुल व्यापारमा निर्यातको हिस्सा ३.८९ प्रतिशतले ऋणात्मक छ भने आयातको हिस्सा ०.४० प्रतिशत छ। आयात र निर्यात अनुपात भने ४.४६ प्रतिशत रहेको विभागले जनाएको छ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १ : ०३ बजे