काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबारदेखि न्युरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाएको भन्दै ब्यापारीहरुले सटर बन्द गरेका छन् । महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो । यता सडक व्यापारीहरूले काठमाडौं महानगरको कार्यालय अगाडि प्रदर्शन समेत गरेका छन् ।
आइतबार सुन्धारा र रत्नपार्कमा फुटपाथ व्यापार गर्ने क्रममा व्यापारीको सामान महानगर प्रहरीले जफत गरेको र एक जना महिलामाथि हातपात गरी कपडा समेत च्यातेको विषयमा व्यापारीले प्रदर्शन गरेका हुन्।
उनीहरुले सन्ध्याकालीन व्यापारको व्यवस्था गरु, भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्।





