३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

गैरकानुनी सम्पत्ति आर्जनमा मुछिएका टेलिकमका तत्कालीन निर्देशक सुनिल र सुरक्षण मुद्रण केन्द्रका विकल पक्राउ



काठमाडौँ, । नेपाल टेलिकमका प्रबन्ध निर्देशक (हाल निलम्बित) सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक (हाल निलम्बित) विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

गैरकानुनी सम्पत्ति आर्जन गरेको भनी परेको उजुरीका आधारमा अख्तियारबाट अनुसन्धान हुँदा पौडेलद्वयले नेपाल राष्ट्र बैंकको स्वीकृति बेगर विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

यसैगरी, नेपालको सरकारी सेवामा कार्यरत रहँदा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रुपमा नियुक्ति लिएको तथा विकलले संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमतिसमेत लिएको देखिएकाले उनीहरुले कसुरसम्बन्धी प्रमाण नष्ट गर्न सक्ने देखिएको आयोगको ठहर छ । साथै फरार हुने सम्भावना भई अनुसन्धान कार्यमा बाधा पुग्ने देखिएकाले सुनिल र विकललाई बुधबार हिरासतमा लिई थप अनुसन्धान भइरहेको आयोगले बताएको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ७ : ५९ बजे