९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

शुक्रबार सुनको मुल्य स्थिर, तोलामा आज कति



काठमाडौँ । बिहीबार केही घटेको सुनको मुल्य शक्रबार सि्थर देखिएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँमा कारोबार भएको सुन शुक्रबार पनि सोही मूल्य कायम गरिएको छ।

आज तेजावी सुन भने प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य पनि स्थिर छ।

बिहीबार प्रतितोला १४ सय रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस दुई हजार २१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ११ : ४५ बजे