८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

कांग्रेसको धर्म देश र भुइँमान्छेको हित हो : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको प्राथामिकता देश र भुइँमान्छेको हित हुनुपर्ने बताएका छन् । पार्टी स्थापना दिवसको अवसरमा शुक्रबार पार्टी कार्यालय सानेपामा भएको कार्यक्रममा बोल्दै उनले निर्वाचनको जित हार कांग्रेसका लागि सामान्य पक्ष भएको बताए । उनले कांग्रेसको धर्म देशको हित गर्नु र भुइँमा बसेको मान्छेलाई माथि उठाउनु रहेको बताए । उनले भने,

“०८४ को निर्वाचनको बारेमा सोच्छौँ जित हार सामान्य पक्ष हो । कांग्रेसको धर्म यो देशको हित गर्नु हो । भुइँमा बसेके मान्छेलाई माथि उठाउनु हो,” थापाले भने, “यो धर्म निर्वाह गर्दा सरकामा बसौँला नबसौँला फरक र सामान्य कुरा हो ।”

महामन्त्री थापाले भोलिबाट कांग्रेस समुदायमा जाने पनि बताए । साथै उनले सहिद दिवसको दिन सबै क्रियाशील सदस्यलाई वडामा हुने कार्यक्रममा पुग्न निर्देशन पनि दिएका छन् ।

“सहिद दिवसको दिन कोही काठमाडौं हुने र नेताको घरमा पुग्नुहुने छैन भन्ने मेरो आश छ । त्यस दिन आफ्नो क्रियाशील सदस्यता भएको वडामा पुग्नुहुनेछ,” उनले भने, “आफ्नो माटोबाट सहिदलाई सम्झनुहुनेछ र त्यसै अनुसारका फोटो भिडियो सामाजिक सञ्जालमा हाल्नुहुनेछ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ४ : १८ बजे