८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी



काठमाडौं– सहकारी ठगी प्रकरणमा जोडिएका जीबी (गितेन्द्रबाबु) राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ ।
प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाका अनुसार राई विरुद्द शुक्रबार डिफ्युजन नोटिस जारी भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीले राइविरुद्ध डिफ्युजन नोटिस जारी गर्नका लागि भन्दै प्रहरी प्रधान कार्यालय नक्साललाई गत पुस ५ गते पत्राचार गरेको थियो।

कास्की प्रहरीको उक्त पत्रपश्चात इन्टरपोलको नेपाल शाखा नेसनल सेन्ट्रल ब्युरो ९एनसीबी०काठमाडौंले प्रहरी अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमा पत्राचार गरेको थियो। एनसीबी काठमाडौंको अनुरोधपछि इन्टरपोलले राईविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो।

डिफ्युजन नोटिस जारी भएसँगै इन्टरपोलका १९६ सदस्य राष्ट्रले उनको खोजी गर्ने र फेला परेको बेला नेपाल फर्काउने प्रक्रिया सुरु गर्नेछन्। सहकारीको रकम हिनामिना गरेको प्रकरणमा जीबी राईसहित एक दर्जन व्यक्ति अझै फरार छन्।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ८ : ४७ बजे