३१ भदौ २०८३, बुधबार | Thu Sep 17 2026

राहदानी विभागका तत्कालीन इन्जिनियर भट्टराईमाथि भ्रष्टाचार मुद्दा



काठमाडौं । राहदानी विभाग, त्रिपुरेश्वरको परिचयपत्र शाखामा कार्यरत तत्कालीन कम्युटर इन्जिनियर प्रदीप भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता नरहरि घिमिरेका अनुसार भट्टराईले राहदानी बनाइदिने भनी सेवाग्राहीसँग ३४ हजार रुपियाँ घुस लिएका थिए।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम बिगो रकम ३४ हजार रुपियाँ कायम गरी सजाय मागदाबी गर्दै आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ४ : ३१ बजे