काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समिति सदस्य पदमा ६ जना नियुक्त गरेको छ ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा १ ९च० र ९ज० बमोजिम रिक्त सदस्य पदका निम्ति गरिएको अन्तर्वार्ताबाट योग्यताक्रमानुसार सिफारिस भएका व्यक्तिहरूलाई नियुक्ति दिइएको मन्त्रालयले जनाएको छ ।
नियुक्त हुनेमा रमिला शिल्पकार, सुरेन्द्र गौचन, शान्ति भुर्तेल, दीपेन्द्र दास, इशा प्रधान र डिल्लीराम भण्डारी छन् ।





