काठमाडौँ । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको हृदयघातका कारण निधन भएको छ । हृदयघात भएपछि अस्पताल पुराइएका मरासेनीको अस्पतालमै मृत्यु भएको हो ।
उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश मरासेनीलाई बिहान ८ः३० बजे हृदयघात भएको थियो । हृदयघात पछि कलंकीको नेशनल अस्पताल पुराइएका मरासेनीको उपचारका क्रममा मृत्यु भएको हो । मरासेनीको आज इजलास तोकिएको थियो ।
अदालत आउने भनेको कारण न्यायाधीश मरासेनी समयमै नआइपुगेपछि मरासिनीकै इजलास अधिकृतले मरासेनीको गोला तानिदिएका थिए । गोला तानिएपछि मंगलबार मरासेनीको इजलाससमेत तोकिएको थियो । मंगलबार मरासेनीलाई इजलास नम्बर ४ मा चन्द्रमणि ज्ञवालीसँग संयुक्त इजलास र इजलास नम्बर ५ मा उनी एक्लैको पेसी तोकिएको थियो ।





