१० असार २०८३, बुधबार | Thu Jun 25 2026

उकालो यात्रामा नेप्से, ५ अर्ब ५४ करोडको कारोबा



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८८ अंकले बढेर दुई हजार एक सय १९ दशमलव ६१ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय आठ कम्पनीको एक करोड ५१ लाख ७८ हजार तीन सय ६८ कित्ता शेयर एक लाख १७ हजार ५९ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ५४ करोड ४२ लाख १७ हजार पाँच सय ९३ बराबरको कारोबार भएको छ ।

आज बैंकिङ समूह शून्य दशमलव १७, लघुवित्त समूह शून्य दशमलव ३० र निर्जीवन बीमा समूह शून्य दशमलव ०३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै अन्य समूहको उपसूचक तीन दशमलव ५६ प्रतिशतले बढेको छ ।

चन्द्रागिरी हिल्स लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आठ दशमलव ३५ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालय रिइन्स्योरेन्स लिमिटेडको रु ७५ करोड २७ लाख ८६ हजार नौ सय १८ बराबरको १० लाख ७० हजार एक सय ७२ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ६ : ४० बजे