८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

जीवनरक्षा गर्ने अनुदानको ४० लाख कोरोना खोप नष्ट गरिंदै



काठमाडौं ।चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा खोप नष्ट गर्ने तयारी गरिएको छ । २ बर्ष अघि चीन सरकारले दिएको सिनोभ्याक खोपको प्रयोग नगरी म्याद सकिएपछि नष्ट गर्ने तयारी गरिएको छ । खोपको म्याद पुस ७ गते सकिएको हो ।

चीन सरकारको अनुदानमा २०७८ वैशाख १२ र १४ गते दुई पटक गरी ४० लाख खोप नेपाललाई प्राप्त भएको थियो ।

बुस्टर डोजका रुपमा प्रयोग गर्न नमिल्ने भएपछि साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा यी खोप थन्किएको छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ९ : ४८ बजे