८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर, आठ वर्ष कैद र तीन लाख जरिबाना तोकियो

लामिछाने उच्च अदालत जाने



काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ । जिल्ला अदालत काठमाडौंले आज दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिबानासहित थप दुई लाख पीडितलाई क्षतिपूर्ति हुने सजाय निर्धारण गरेको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेबाट बलात्कृत भएकी गौशाला २६ लाई बालिग ठहर गर्दै जबरजस्ती करणीमा आठ वर्ष कैद हुने सजाय निर्धारण गरेको हो ।

लामिछाने जिल्ला अदालत काठमाडौंले पुर्पक्षमा पठाएपछि उच्च अदालत पाटनको २० लाख धरौटीमा छोड्ने आदेशबाट थुनामुक्त भएका थिए । यता दोषी ठहर गरेका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने तयारी गरेका छन् । क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणहरूले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायका लागि उच्च अदालत जान लागिएको बताए ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ८ : ३२ बजे