८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

जलवायु परिवर्तनका बिषय विद्यालय तहबाटै सचेतना फैलाउने आवश्यक :कांग्रेस सहमहामन्त्री ‘डिना



काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यय‘डिना’ले जलवायु परिवर्तनमा नेपाल देशमात्र दोषी नभएको बताइन । आदिवासी जनजाति महिला युवा सञ्जालले ललितपुरमा आयोेजना गरेको तीन दिवसीय जलवायु परिवर्तनसम्वन्धी प्रशिक्षकहरुका लागि प्रशिक्षण कार्यक्रमको उद्घाटन सभालाई सम्बोधन गर्दै सहमहामन्त्री उपाध्ययले जलवायु परिवर्तनमा नेपाल दोषी नभएको बताएकी हुन ।

पूर्वमन्त्री समेत रहेकी उपाध्ययले ग्लोबल प्रदूषणको प्रत्यक्ष असर हाम्रो मुलुकमा पनि परेको उनले बताइन । वन क्षेत्र बढाएर ग्रिनरी कायम गरि तापमान बृद्धि हुन नदिनु अहिलेको मुख्य प्रथमिकताको विषय भएको उनले बताइन । विद्यालय तहबाटै जलवायु परिवर्तनका सम्वन्धमा जनचेताना फैलाउने सञ्जालको अभियानले वातावरणलाई स्वच्छ बनाउन सघाउ पुग्ने विश्वास कांग्रेस नेतृ उपाध्ययले व्यक्त गरिन । जलवायु परिवर्तनको विषयमा युवाहरुले चासो प्रकट गर्नु सकारात्मक पक्ष भएको उनको भनाई थियो ।
विदेश पढ्न जानुहोस्, घुम्न जानुहोस तर विदेशमै बस्ने मानशिकता नबानउनु होस् उपाध्ययले युवाहरुलाई आग्रह गरिन । विदेशबाट सिक्ने र नेपालमा काम गर्ने योजना बनाउनुहोस् उपाध्ययले भनिन विदेशमा भन्दा राम्रो स्वदेमै काम गर्ने अवसर छ ।

कार्यक्रममा डिभिजन वन कार्यालय ललितपुरका डिभिजन प्रमुख९डिएफओ० रामकुमार भण्डारीले आगामी दिनमा जलवायु परिवर्तन सम्बन्धी कार्यक्रलाई मुख्य प्रथमिकता दिइने बताए ।

पछिल्लो समय विश्वलाई पिरोलिरहेको जलावायु परिवर्तनका संवेदनशील इश्युमा गम्भीर भएर सञ्जालले काम गर्दै आएको र आगामी दिनमा थप प्रभावकारी काम गर्ने सञ्जालकी अध्यक्ष रिसा श्रेष्ठले बताइन ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ९ : ५३ बजे