८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

मेलम्चीको पानी पुन : वितरणपछि बालेन भन्छन्, ‘प्राविधिक जोखिम आँकलन नगरी मेलम्ची ल्याउनु राजनीतिक स्टन्ट’



काठमाडौं । मेलम्ची खानेपानी आयोजना वितरण कार्यक्रमको पाँचौँ पटक उद्घाटन गरिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्राविधिक जोखिम आँकलन नगरी मेलम्ची ल्याउनु राजनीतिक स्टन्ट भएको आरोप लगाएका छन् । आज सामाजिक संजालमा आफ्नो स्टाटस लेख्दै उनले मेलम्चीको पानी काठमाडौँ ल्याउन खोज्नु उदघाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडी मात्रै भएको आरोप लगाए । उनले लेखेको छन्, प्राविधिक जोखिमको आकलन र समाधान नगरि उचित प्राविधिक अध्ययनबिना राजनैतिक स्टन्टकै लागि मेलम्चीको पानी काठमाडौँ ल्याउन खोज्नु उदघाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडी मात्रै हो। राजनीतिक लाभका लागि भएका अस्थायी परिणाम ल्याउने र पुनस् समय, राज्यको लगानी र नागरिकका सपनाको दुरूपयोग हुनु होु, उनले भनेका छन्, “यसैले छिटोको नाममा नागरिकतहबाट पनि कमसल परिणामका लागि दबाब दिनेभन्दा क्षणिकलाभका लागि प्रशासनिक संयन्त्र र राजनैतिक नेतृत्वको दुरूपयोग रोक्न बन्नु पर्ने संरचना बनेका छन् कि छैनन् भन्ने जानेर त्यतातर्फ दबाब बढाउन आवश्यक छ। हामी आलोचना मात्र गर्न चाहन्नौँ। यति चाहन्छौँ, बाह्रै महिना चौबिसै घण्टा पानी आओस्।
‘विभिन्न मितिमा खानेपानी मन्त्रीदेखि राष्ट्रपतिसमेतले गरेर मेलम्ची खानेपानीको उदघाटन ५ पटक भइसक्यो। मेलम्चीको पानी काठमाडौँ ल्याउने भनेर वि। सं। २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरियो। त्यसको दुई वर्षपछि २०५७ सालमा आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन प्रतिवेदन तयार भयो’, उनले भनेका छन्, ‘तर ११ वर्ष लगाएर २०६८ बाट मात्रै सुरूङ खन्न थालियो। त्यो ११ वर्षमा राजा ज्ञानेन्द्रको नेतृत्वसहित १३ पटक त प्रधानमन्त्री नै फेरिए। मेलम्चीका कर्मचारीको थपघट र नियुक्तिको सूची झन् लामो बन्ला। मेलम्चीका नाममा अर्बौँका गाडी किनिए। दुहुनो गाई जस्तो मात्रै भयो मेलम्ची खानेपानी। तर काठमाडौंमा पहिलो पटक पानी झर्न त्यसको ९ वर्षपछि मात्रै सम्भव भयो।’

मेयर बालेनका अनुसार त्यसैले वर्षा याम लाग्ने बित्तिकै पानी आपूर्ति बन्द गर्दै मुहान थुन्नु पर्ने अवस्था आउँछ। हिउँदमै पनि लेदो नथिग्राई सिधै डाइभर्सन क्यानलबाट पानी सुरूङमा लैजाँदा पानीमा भएका बालुवा सुरूङमा बिस्तारै थिग्रिएर केही समय पछि सुरूङ पुरै बालुवा र लेदोले भरिने उनले बताएका छन्। जसले लामो समयसम्म पानी आपूर्ति बन्द हुन सक्ने उनको भनाइ छ। त्यसैले यस्ता समस्याबाट जोगिन नयाँ इन्टेक खोलाको माथितिर राम्ररी अध्ययन गरेर सार्न आवश्यक भएको र लेदो थिगार्ने संरचना सुरूङभित्रै बनाउन उचित हुने उनको सुझाव छ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ३ : ०३ बजे