८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

तरकारी किन्न जादैँ हुनुहुन्छ ? बुझेर जान्नुहोस् ।



काठमाडौं । आज कालीमाटी फलफूल तथा तरकारी बजारमा सामान्य घटेको छ । आज कालीमाटी फलफूल तथा तरकारी बिकास समितिले
आज नेपाली रातो आलुको भाउ ३६ देखि ३८ रूपैयाँ प्रतिकिलोतोकेको छ।

त्यस्तै भारतीय रातो आलुको भाउ स्थिर छ। हिजो ३० देखि ३२ रूपैयाँमा कारोबार भएको भारतीय रातो आलुको भाउ आज पनि उही छ।

आज पिँडालुको भाउ ७६ देखि ८० रूपैयाँ प्रतिकिलो छ। यस हिसाबमा पिँडालु आलुभन्दा दोब्बर महँगो देखिएको छ।

नेपाली गोलभेँडाको भाउ आज स्थिर छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेअनुसार आज ठूलो गोलभेँडाको भाउ ४० देखि ५० रूपैयाँ प्रतिकिलो छ।

भारतीय ठूलो गोलभेँडाका भाउ भने किलोमा ५ रूपैयाँ घटेको छ। हिजो ५५ देखि ६५ रूपैयाँ प्रतिकिलोमा कारोबार भएको भारतीय ठूलो गोलभेँडाको भाउ आज ५० देखि ६० रूपैयाँ प्रतिकिलो छ।

त्यस्तै सानो गोलभेँडा १८ देखि २५ रूपैयाँ, टनेलको सानो गोलभेँडा २० देखि ३० रूपैयाँ र तराईको सानो गोलभेँडा २५ देखि ३५ रूपैयाँ प्रतिकिलो छ।

आज भारतीय प्याजको भाउ ८० देखि ८५ रूपैयाँ प्रतिकिलो छ। चिनियाँ प्याज भारतीयभन्दा २० रूपैयाँ सस्तो ६० देखि ६५ रूपैयाँ प्रतिकिलो छ।

आज स्थानीय काउली ४० देखि ५० रूपैयाँ प्रतिकिलो, बन्दा २० देखि ३० रूपैयाँ, भन्टा ४० देखि ५० रूपैयाँ, मटरकोशा ८० देखि १०० रूपैयाँ प्रतिकिलो, घिउँ सिमी ७० देखि ८० रूपैयाँ, तितो करेला १२० देखि १४० रूपैयाँ भाउ तोकिएको छ।

त्यस्तै रायोको साग ५० देखि ६० रूपैयाँ, पालुगो, चमसुर र मेथीको साग ११० देखि १२० रुपैयाँ प्रतिकिलो भाउ तोकिएको छ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ९ : ४९ बजे