काठमाडौं । केही दिनदेखी घटेको सेयर बजारमा सामान्य गिरावट आएको छ ।
बजार मापन गर्ने सूचक ७.२४ अंकले घटेर परिसूचक २१५५.८२ बिन्दु कायम भएको छ । बजारमा सामान्य गिरावट आउँदा पनि कारोबार रकममा भने सुधार देखिएको छ ।
२९८ कम्पनीको २ करोड ११ लाख २५ हजार ७७६ कित्ता सेयर ८ अर्ब १७ करोड ४९ लाख ८६ हजार २८२ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ कम्पनीको सेयर मूल्य घटेको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आउँदा जलविद्युत समूह, वित्त समूह र अन्य समूहको उपसूचकमा सुधार देखिएको छ । जलविद्युत समूहको उपसूचक २१।३७, अन्य समूहको २२।२६, वित्त समूहको ३।८७ अंकले बढेको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक ७।८२, विकास बैंक २८।०७, होटल ७९।७७, जीवन बीमा ५७।८२, उत्पादन तथा प्रशोधन ७७।९७, निर्जीबन बीमा समूहको उपसूचक १२७।५१ अंकले घटेको छ ।
कारोबारमा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सीईडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, दोर्दी खोला जलविद्युत कम्पनी, हिमालयन रिइन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् ।