९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

जुम्लामा आज बिहानैदेखि हिमपात , किसान खुसी



जुम्ला । जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो ।

सदरमुकाम खलंगामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ । ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान खुसी भएका छन् ।

यसवर्षको हिउँदेयामको यो पहिलो हिमपात हो । अहिले हिमपात भइरहेको छ । माघ लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने भन्दै किसान चिन्तामा थिए । जौ र गहुँबाली लगाएका किसान भने यो हिउँले निकै राहत भएको कृषि विकास कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  १० : १८ बजे