काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले कर प्रशासनमा चार्टर्ड एकाउन्टेनलाई प्रवेश गराउन आफू सकारात्मक रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित चार्टर्ड एकाउन्टेन्स संस्थाको २७औँ वार्षिकोत्सव एवं छैटौँ दीक्षान्त समारोहमा उनले यस्तो बताएका हुन् ।
उनले चार्टर्ड एकाउन्टेनले पेसागत कर्तव्य पालना गर्ने सिलसिलामा लोभलालसा अथवा डरधम्कीबाट नहिच्किचाइ आफ्नो जिम्मेवारी इमानदारीपूर्वक वहन गरे सुशासन सुनिश्चित रहेको उल्लेख गरे ।
उनले बेरुजुको वर्गीकरण गरेर गम्भीर प्रकृतिका समस्यालाई प्राथमिकताका आधारमा समाधान गरिने बताए ।
“