८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

शिक्षामा थपिएको सृजनाले विद्यार्थी उत्साहित



काठमाडौँ । काठमाडौँको रत्नराज्य माध्यामिक विद्यालय कोटेश्वरका कसिस गिरी, रक्षा चेम्जोङ सञ्चु राई र सुशील आचार्यले पिपलका पात, डाँठ, फल खोजेर ल्याए । कागजका टुक्रा र केही सिन्काहरु पनि बटुले । त्यसलाई आकार दिन थाले । आफ्नो पहिलो अभ्यासमै उनीहरुले एउटा सुन्दर र सफा गाउँ परिकल्पना गरे । त्यस गाउँको वातावरण र रहनसहनको ‘कोलाज’ तयार पारे । व्यावसायिक कलाकारले बनाएको सुन्दर कलाकृति भन्दा फरक बनेन उनीहरुका सृजना ।


पिपलका हाँगा पात र फललाई आकारमा ढालेर उनीहरुले पिपलको रुख नै बनाइदिए । कागजका टुक्रामा रङ भरेर सुन्दर पहाड उतारे । सिन्काहरु जेडेर घर र छाना बनाइदिए । अनि त्यसमा रङ लिपेर एउटा बस्ती नै तयार पारे । उनीहरुले बनाएको सृजनामा एउटा सुन्दर बस्ती छ । सडकमा मानिस आवतजावत गरिरहेका छन् । छेवैमा पिपलको छहारी छ । गाडी पनि देखिन्छन् । एक कुनामा विद्यार्थी पठनपाठन वा कुनै छलफलमा रमाइरहेकाजस्तो देखिन्छ । माथि निलो आकाशमा चराहरु स्वच्छन्द रुपमा उडिरहेका सङ्कत गरिएको छभने छेउछाउमा हरिया पहाडले त्यो बस्तीको सौन्दर्यमा सुगन्ध थपिदिएको छ ।

झट्ट हेर्दा त्यो ‘कोलाज’नभएर सुन्दर ‘पेन्टिङ’ हो । कोलाजमा उनीहरुले आफ्नो कला प्रस्तुत गरेका छन् । केही महिनाको सिकाइमा कागजमा सुन्दर सृजना भरेका उनीहरु यसरी कला देखाउन पाउँदा निक्कै खुसी छन् । त्यसका साथै उनीहरुले स्केच, पेन्सिल आर्टहरु पनि आकर्षक बनाएका छन् भने अब माटो कला ९माटोको कला० सिक्दैछन् ।

ीबहmष् कगलचष्कभ दबलप
नजिकै बेञ्चमा रहेका अन्य विद्यार्थी पनि यसैगरी कला सृजनामा तल्लिन थिए । उनीहरुलाई सोनी राईलगायत समूहले ‘आर्ट’ सिकाइरहेका थिए ।
शिक्षा र सीप कार्यक्रमअन्तरगत काठमाडौँ महानगरपालिका र नेपाल लतिकला प्रज्ञा प्रतिष्ठानको संयुक्त प्रयासमा विद्यार्थीहरुले पाठ्ययपुस्तक बाहेक यसरी नयाँ सीप सिकिरहेका छन् ।

क्जष्खबm ऋझभलत
यो सीप सिकाइ कार्यक्रम रत्नराज्य स्कुलमा मात्रै होइन महानगरभित्रमा विश्व निकेतन मावि, ज्ञानोदय मावि, तरुण मावि, गीतामाता मावि, कन्या मन्दिर मावि, शहिद शुक्र मावि, पद्मकन्या मावि, कोटेश्वर र सरस्वती माविमा जारी छ । यी ९ वटा विद्यालयमा १९ समूहमा विभाजन गरी पाँच सय १७ जना विद्यार्थीले यसरी कला सिर्जनाको सीप सिकिरहेका छन् । उनीहरुलाई हरेक शुक्रबार आर्ट सिकाइन्छ । विद्यार्थीले स्केच, पोष्टर कलर, पेन्सिल कलर सिकिसकेका छन् । अब माटो कलाको आधारभूत ज्ञान सिक्दैछन् ।

प्रशिक्षक सोनी राई भन्छिन्, “ अब कक्षा सकिएपछि भविष्यमा आर्टिष्ट बन्न चाहनेका लागि बाटो खुला हुन्छ, भविष्य आर्टमा खोज्न सक्छन्, यदि भएन भने जुनसुकै क्षेत्रमा जाँदा पनि आर्ट महत्वपूर्ण हुन्छ । फेसन डिजाइनमै जाँदा पनि कलर मिलाउन जान्नुहुन्छ, यस्तै अन्य क्षेत्रमा पनि आर्ट मिसाउन सक्नुहुन्छ र आफ्नो कार्यलाई उत्कृष्ट बनाउन सक्नुहुन्छ ।”
रत्नराज्य मावि बानेश्वरका ९ र १० का इछुक विद्यार्थी पहिलोपटक आर्ट कक्षामा सहभागी हुन पाउँदा निक्कै खुसी भेटिए । पहिलोपटक यस्तो कक्षामा सामोल शिखा केसी र विविशा निरौलाले नियमित कक्षाका साथै कलासम्बन्धी नयाँ सीप सिक्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन् ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  १ : २८ बजे