२५ भदौ २०८३, बिहिबार | Thu Sep 10 2026

कांग्रेस नेतृ आरजुको नाच भिडिओ सामाजिक सञ्जालमा भाइरल



काठमाडौँ । नेपाली कांग्रेस नेतृ आरजु राणा देउवा नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सार्वजनिक भिडिओमा आरजु विभिन्न गीतमा ‘डान्स’ गरिरहेकी छन्।

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाको बिहे आज (माघ २१ गते) हुँदै छ। गायिका शिवाना श्रेष्ठसँग उनको विवाह हुने भएको हो।

सार्वजनिक भिडिओमा आरजु विभिन्न गीतमा ‘डान्स’ गरिरहेकी छन्।

आरजुले उक्त डान्स आफ्नो छोरा जयीवीरको बिहेको पूर्वसन्ध्यामा शुक्रबार राति काठमाडौँको सोल्टी होटलमा आयोजित कार्यक्रममा गरेका थिए ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  १२ : ५३ बजे